ओलीलाई कार्वाही गर्न नेकपाले बढायो प्रक्रिया, माग्यो स्पष्टीकरण (पत्रसहित)


५ माघ २०७७, सोमबार
cover oli

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

ओलीलाई कारवाहीका गर्नेसम्बन्धी निर्णयसहितको पत्र बोकेर नेताहरु बालुवटार पुगेका छन् । नेता सुरेन्द्र पाण्डेले आफूसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिएका छन् ।

pandey

गत स्थायी कमिटी वैठकको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो । जसमा विधान विपरीत गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर ? स्पष्टीकरण माग गरिएको छ । नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।

‘तीन दिने म्यादसहितको सो स्पष्टीकरण पत्र एक पृष्ठको छ, जसमा दुवै अध्यक्षको हस्ताक्षर रहेको छ र त्यसमा पार्टी विधानको सम्बन्धित प्रावधान उल्लेख गरेर तपाईलाई पार्टी सदस्यबाट कारबाही किन नगर्ने भन्ने व्यहोराको पत्र बुझाइएको छ’ पाण्डेले भने ।

oli spastikaran letter

उनका अनुसार उनीहरु बालुवाटारको गेट नम्बर तीनमा पुगेर दर्ता गर्न खोज्दा त्यहाँ खटिएका प्रहरीले यस्तो दर्ता हामीले गर्न मिल्दैन भित्र प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरिएको थियो । ‘सचिवालयबाट यता पठाउनुस् हामी दर्ता गर्छौं भनेपछि हामीले सोहिअनुसार सचिवालयमा पठाउने व्यवस्था गरेर फक्र्यौ’ पाण्डेले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७