ओली प्रधानमन्त्री पदमा बस्न लायक छैनन् : अध्यक्ष नेपाल


५ माघ २०७७, सोमबार
madhav nepal

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न लायक नभएको बताएका छन् ।

नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताएका हुन् । काठमाडौंमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा अधिकारको दुरुपयोग गरेकाले पद बस्न शोभा नदिने बताए । अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा समेत ओली बस्न लायक नरहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भए पनि पाँच वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै भने, ‘ओलीले चुनाव गराउनका लागि घोषणा गरेकै होइनन् र यो चुनाव हुन पनि सक्दैन ।’

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने गरी आफूहरु अघि बढ्ने पनि बताएका छन् । देशको प्रगतिका लागि आन्दोलनको विकल्प नभएकाले अब आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उनले चेतावनी समेत दिए ।

उनले पार्टीको आधिकारिकता र सूर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी पनि गरे । केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सूर्य चुनाव चिन्ह्न लिएको बताउँदै उनले भने, ‘ओलीको अब त्यही अस्ताउँदो चुनाव चिह्न हुन्छ, हाम्रो सूर्य चिन्ह् कसैले खोस्न नसक्दैनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७