२०७७ माघ ६ गते मंगलबारको तपाईको राशिफल


६ माघ २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झनझट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक झमेला आउला । कुविचारमा मन जानेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्णा हुन सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । प्रेमीको सहयोग पाईने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कार्य प्राप्तिको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा पनि होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । मनोरञ्जनमा अभिरुची जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रुहरू पनि पराजित हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेटघाट रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाहन सुख पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज पूराना रोकिएका अधूरा कार्यले गतिलिन सक्छ । आफन्तहरूको फरपूर साथ र सहयोग पाईनेछ, तर साँझमा खर्च बढ्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७