नयाँ कोरोना सर्ने क्षमता ७० प्रतिशत


६ माघ २०७७, मंगलवार
corona vairous

काठमाडौं, ६ माघ । बेलायतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भएको छ । डिसेम्बरमा कुल संक्रमितको दुई तिहाइमा नयाँ भाइरस पाइएको सरकारी तथ्याकंले देखाएको छ ।

लकडाउनको अवस्थामा अन्यत्र संक्रमण नियन्त्रण हुँदै गए पनि केन्ट क्षेत्रमा अस्वाभाविक रुपमा बढेपछि बैज्ञानिकले अध्ययन थालेका थिए । सोही अध्ययनले नयाँ स्वरुपको भाइरस पुष्टि गरेको हो । यसबारे नयाँ नयाँ तथ्य उजागर हुने क्रम जारी छ ।

आवश्यक अध्ययन र परीक्षण भइरहेको कारण यो भाइरसको संक्रमण, असरलगायत विभिन्न सवालमा धेरै प्रश्न अनुत्तरित छन् । अहिलेसम्मको तथ्याकंलाई आधार बनाएर बेलायती वैज्ञानिकले बताएअनुसार नयाँ भाइरसको फैलावट तीव्र छ ।

सामान्य भाइरसको तुलनामा यो भाइरस ७० प्रतिशत भन्दा बढी तीव्र दरमा फैलिरहेको छ । यसको असर भने पहिलाको तुलनामा बढी घातक रहेको पुष्टि भएको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७