प्रिमियर लिग : आर्सनलले न्यूक्यासललाई तीन–शून्य गोलले हरायो


६ माघ २०७७, मंगलवार

काठमाडौं, ६ माघ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गए राति भएको खेलमा आर्सनलले न्यूक्यासललाई ३–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यस्तै बुकायो साकाले खेलको ६० औं मिनेटमा एक गोल गरे । खेलको ७७ औं मिनेटमा पिएरेले दोस्रो गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए ।

जितसँगै आर्सनल अंक तालिकाको १० औं स्थानमा पुगेको छ । १९ खेलमा २७ अंक जोडेको आर्सनलले एस्टोन भिल्लालाई पछि पार्दै १० औं स्थानमा उक्लिएको हो । आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७