नेकपा प्रदेश-१ को संसदीय दलको वैठक बस्दै, ओली समूहको भोलि


६ माघ २०७७, मंगलवार
Bhim Acharya Sherdhan Rai a9sSWggyFG

बिराटनगर, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–१ संसदीय दलको बैठक आज (मंगलबार) विराटनगरमा बस्दै छ । बैठक होटल एसिया टिकमा बस्दै बस्ने जनाइएको छ । नेकपा ओली समूह दलको बैठक भने भोलि बस्दैछ । प्रदेश–१ को प्रदेशसभा बैठक बुधबारबाट शुरु हुँदैछ । प्रदेशसभा वैठक बस्नुअघि नेकपा प्रचण्ड–माधव पक्षको वैठक बस्न लागेको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता गराएकामध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
नेकपाभित्रैको एउटा समूह कतै नखुलेपछि ओली समूहको बैठक रोकिएको हो । ‘५–६ जना प्रदेश सांसद तटस्थ छन्, कुनै बैठकमा नजाने भन्दै छन्,’ ओली समूहका एक नेताले भने, ‘तयारीका लागि छलफल स्थगित भयो ।’

प्रचण्ड माधव समूहका नेता इन्द्रबहादुर आङ्बो (मौसम) ले बहुमत सदस्यको उपस्थितिमा आफ्नो समूहको बैठक बस्ने दाबी गरे ।

यता प्रदेश नम्बर–१ सरकारविरुद्ध परेको अविश्वासको प्रस्ताव र संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

सरकारमा सामेल हुने–नहुने अथवा तटस्थ बस्ने भन्ने निर्धारण गर्न दलको बैठक बसेको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् । यसबारे बैठकमा छलफल हुने उनको भनाइ छ । कांग्रेसको बैठक प्रदेशसभा सचिवालयमा शुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७