ओलीले गरेको संसद विघटन राजतन्त्र पुनर्स्थापनाको शुरुवात : अध्यक्ष प्रचण्ड


६ माघ २०७७, मंगलवार
prachand puspa kamal dahal scaled

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको बताएका छन् ।

राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘हिजो उनले जुन जुन शक्तिलाई विरोध गरेर राष्ट्रवादको नारा लगाउनु हुन्थ्यो तिनैसँग कुनै न कुनै रुपले लम्पसार परेर पार्टी फुटाई छाड्ने दुस्साहस गर्नुभयो । म अरु कसै विदेशीलाई दोष दिन चाहेको पनि छैन । मलाई कसैप्रति केही भन्नु छैन ।’

प्रचण्डले ओलीमाथि नै आफ्नो प्रश्न रहेको भन्दै ओलीको राष्ट्रवादी खोक्रो राष्ट्रबाद सावित भएको दाबी गरे । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको शुरुवात भएको बताएका छन् ।

प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी गरेका छन् । ‘यो राजतन्त्र पुनस्र्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन शुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु पर्छ’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७