पुटिनले माइनस १४ डिग्री तापक्रममा जमेको पानीमा किन मारे डुबुल्की ?


७ माघ २०७७, बुधबार

काठमाडौं, ७ माघ । ६८ वर्षका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका छन् ।

जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट गरिएको हो । पुटिन पुलसम्म ओभरकोट लगाएर आएको देखिन्छ तर डुबुल्की लगाउने बेला उनले उक्त कोट खोल्छन् । रुसको स्थानीय टिभी च्यानलमा यसबारे भिडियो देखाइएको छ । पुटिनले यो जमेको पूलमा तीन पटक डुबुल्की मारे । यो पूलको चारैतिर बरफ जमेको छ ।

Capture 3

वास्तवमा पुटिनले यसो गरेर एक धर्मनिष्ठ इिसाइको अनुष्ठानको पालना गरिरहेका थिए । यो दिनलाई फिस्ट डे वा इपिफनी भनिन्छ । हरेक वर्ष एपिफनीको दिन धर्मनिष्ठ इसाइ नदी वा पोखरीमा डुबुल्की मारेर यसुलाई याद गर्छन् ।

यो डुबुल्कीलाई निकै पवित्र मानिन्छ । पुटिन कम्युनिष्ट शासनमा हुर्किएका हुन् तर राष्ट्रपतिको रुपमा उनी एक धर्मनिष्ठ ईसाइको रुपमा रहेका छन् । इपिफनीको मौकामा मानिसहरु पारम्परिक रुपमा नजिकैको नदी वा तलाउमा गएर बरफ जमेको पानीमा डुबुल्की मार्छन् । इपिफनीको मध्य रातमा सबै पानी पवित्र हुने जसका कारण यावत् पाप पाखालिने मान्यता राखिन्छ ।

putin1 hUxX1XSrI6

रुसी मिडियामा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लामो समयसम्म एक ‘दबंग’ नेताको रुपमा देखाउँदै आएको छ जसले रुसलाई पश्चिमी दुनियाँबाट बचाउँछन् । तर अब रुसी मिडियामा उनको छवि एक ‘मसीहा’ को रुपमा देखाइरहेका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७