नेपालका सबै नेताहरु उस्तै–उस्तै हुन् भन्दा मन पोल्छ : अध्यक्ष नेपाल


७ माघ २०७७, बुधबार
madhav nepal.

काठमाडौं, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग जोडेर नेपालमा सबै नेता उस्तै–उस्तै हुन् भन्दा आफूलाई मन पोल्ने बताएका छन् ।
आज (बुधबार) विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’

आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, ‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’ जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उनले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष प्रचण्ड र जेल हाल्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । नेपालले ओलीले आफूहरूको राजनीतिक जीवन सिध्याउन खोजेको आरोप लगाएका हुन् ।

‘ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए,’ सम्पादकहरूसँग नेता नेपालले भने । आफू त ओलीको षडयन्त्रबाट पहिलेदेखि पीडित रहेको र अहिले त्यसमा प्रचण्ड पनि जोडिन आइपुगेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७