धनुषामा सुन र नगद गरी पाँच लाखको लुटपाट


७ माघ २०७७, बुधबार
sikri lutpat
सांकेतिक तस्वीर

धनुषा, ७ माघ । धनुषाको विदेह नगरपालिकामा मंगलबार राति डकैती भएको छ ।विदेह नगरपालिका– ३ चिकनाका सगमलालको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लुटेरा समूहले लुटपाट गरेको हो।

लुटेरा समूहले २ लाख नगद, तीनतोला सुन र ४० तोला चाँदी गरि पाँच लाख रुपैयाँ भन्दा बढीको लुटपाट गरेको दुहबी प्रहरीचौकीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुर घर भएका साहले विदेह नगरपालिकाको तीनकौरिया बजारमा ज्वेलर्स सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७