फेरि बढ्यो सुनचाँदी भाउ, तोलाको कति पुग्यो


७ माघ २०७७, बुधबार
gold

काठमाडौं, ७ माघ । नेपाली बजारमा सुन चाँदीको भाउ आज (बुधबार) फेरि बढेको छ । कारोबार हुने साताको तेस्रो दिन बढेको सुनचाँदीको मूल्य चौथो दिन पनि बढेको छ । बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीमा १५ रुपैयाँको बढोत्तरी आएको हो ।

बुधबार छापावाल सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलाको १ हजार २ सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुनमा ४ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको थियो । सो दिन छापावाल सुन तोलाको ९२ हजार, तेजाबी सुन ९१ हजार ५ सय र चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७