तीन महिनादेखि हराएका चिनियाँ व्यापारी ज्याक मा मिडियामा, ह्वात्तै बढ्यो कम्पनीको शेयर मूल्य


७ माघ २०७७, बुधबार
jack maa

काठमाडौं, ७ माघ । गायव भए भनिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा युन तीन महिनापछि मिडियामा देखिएका छन् । गत वर्ष नोभेम्बरको शुरुवातबाट उनी सार्वजनिक रुपमा देखिएका थिएनन् ।

आफ्नो च्यारिटी फाउन्डेसनको एक अभियानका लागि भिडियो लिंकमार्फत ग्रामीण क्षेत्रका विद्यालयमा काम गरेका शिक्षकहरुसँग उनले कुराकानी गरेका छन् । अलिबाबा कम्पनी शुरु गर्नु अघि उनी अंग्रेजी शिक्षक थिए ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ज्याक मा को भिडियो पोस्ट गरेको छ । वित्तीय नियामक संस्थाहरूले अलिबाबा कम्पनीका विषयमा जाँच शुरु गरेपछि अलिबाबा मिडियामा देखिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सीएनएनका अनुसार ज्याक माको भिडियो सार्वजनिक हुने बित्तिकै हङकङ स्टक एक्स्चेन्जको सूचीमा रहेको उनको कम्पनीको शेयर मूल्य पाँच प्रतिशतसम्म बढेको छ । गत वर्ष अक्टोबरमा एन्ट ग्रुपको आईपीओ जारी गरेपछि उनले यो विश्वकै सबैभन्दा ठूलो आईपीओ भएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७