प्रदेश–१ को हिउँदे अधिवेशन तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित


७ माघ २०७७, बुधबार
pradesh1 magh07

विराटनगर, ७ माघ । प्रदेश–१ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ ।

आज (बुधबार) विराटनगरस्थित प्रदेश सभा हलमा शुरु भएको सातौं अधिवेशनको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गरेका हुन् । प्रदेश सभा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ ।

नेकपा विभाजज भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । प्रदेश–१ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेकपा विभाजनपछि एकले अर्को पक्षका सांसदलाई निलम्बन गर्दै आएका थिए ।

कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि प्रदेश सभा परिसरमा मर्यादापालकको संख्या समेत बढाइएको थियो । यस्तै सांसदहरु बस्ने कुर्सी समेत वेल्डिङ गरिएको थियो । यसअघि विभिन्न प्रदेश र प्रतिनिधि सभामा पनि सांसदहरुले कुर्सी उठाएर हानेको घटनाबाट पाठ सिक्दै वेल्डिङ गरिएको प्रदेशसभा सचिवाललयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७