धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने मालपोत कार्यालय कलंकीका दुई कर्मचारी पक्राउ


७ माघ २०७७, बुधबार
malpot kalanki

काठमाडौं, ७ माघ । धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने कार्यमा संलग्न दुई जनालाई काठमार्डौं प्रहरी परिसरले पक्राउ गरेको छ ।

परिसरले मालपोत कार्यालय कलंकीका नासु नारायण श्रेष्ठ र तत्कालीन शाखा अधिकृत दीपक दाहाल पक्राउ परेका छन् ।

उनीहरुले सामाखुसीको जग्गा नक्कली जग्गाधनी खडा गरेर बिक्री गरेको पाइएपछि पक्राउ गरिएको काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । बास्तविक जग्गाधनी विदेशमा रहेको बखत उनीहरुले नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेको खुलेको छ ।

श्रेष्ठ कार्यालयबाटै र दाहाल विमानस्थलबाट पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान अगाडि बढाइएको एसएसपी सिंहले बताएका छन् । प्रहरीका अनुसार मालपोतमै कार्यरत दाहाल केहीअघि मात्रै उद्योग मन्त्रालयमा सरुवा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७