एउटै क्लबबाट १०१ गोल गर्दै रोनाल्डो पहिलो, ९७ गोलसहित मेस्सी दोस्रो स्थानमा


४ फाल्गुन २०७४, शुक्रबार
ronaldo 1

क्रिस्टियानो रानाल्डोले गए राति पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध २ गोल गर्दा उनको टोलीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा ३–१ को जीत निकालेको छ । च्याम्पियन्स लिगमा रियलबाट रोनाल्डोको गोल संख्या १ सय १ पुगेको छ । च्याम्पियन्स लिगमा १ सय गोल त्यो पनि एउटै क्लबबाट पुरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।ronaldo 1

पहिलो पेनाल्टी र दोस्रो नजिकबाट उनले पिएसजीविरुद्ध गोल गरेका थिए । रियलका लागि मात्र च्याम्पियन्स लिगमा १ सय १ गोल पुगेको छ भने समग्रमा १ सय १६ गोल भएको हो । उनको महत्वपूर्ण भूमिकाका कै कारण रियलमा उनले लगातार दुईसहित तीन पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । लियोनल मेस्सी दोस्रो स्थानमा छन् । उनले बार्सिलोनाका लागि ९७ गोल गरिसकेका छन् । मेस्सीको नाममा भने एउटै क्लबका लागि सबै प्रतियोगितामा गरि सबैभन्दा बढी गोल गर्ने कीर्तिमान छ । च्याम्पियन्स लिगमा भने उनी रोनाल्डो भन्दा १९ गोलले पछाडी छन् । यद्दपी रोनाल्डो भन्दा ३ वर्ष कान्छा मेस्सीले सन्यास लिने समयसम्म उनको कीर्तिमानलाई बराबरी गर्ने वा उछिन्ने सम्भावना पनि छ ।

एउटै क्लबबाट सर्वाधिक गोल गर्नेमा राउल तेस्रो स्थानमा छन् । १८ वर्ष रियलमा बस्दा उनले ६६ गोल गरेका थिए । त्यसपछि साल्केका लागि अर्को ५ गोल थपे । अलेसान्द्रो डेल पिर्लोले युभेन्ट्सका लागि ४२ गोल गरे जसले उनलाई सर्वाधिक गोल गर्ने शीर्ष १० मा पारेको छ । रियलका लागि ४१ गोल गरेका करिम बेन्जेमा पाँचौ स्थानमा छन् । त्यसअघि बेन्जेमाले लियोनका लागि १२ गोल गरेका थिए, समग्रमा उनका नाममा ५३ गोल छ । थोमस मुलरले बायर्न म्युनिखका लागि ४० च्याम्पियन्स लिग गोल गरेका थिए । चेल्सीबाट खेलेका डिडियर ड्रोग्बाले ४४ गोल गरेका छन् । एउकै क्लबबाट च्याम्पियन्स लिग गोल गर्नेमा भने ड्रोग्बा (३६) सातौं स्थानमा छन् ।

रुडभान निस्टल रोय र थेअरी हेनरी च्याम्पियन्स लिगमा सर्वा्धिक गोल गर्नेमा संयुक्त रुपमा छैटौं स्थानमा छन् भने एउटै क्लबबाट गोल गर्नेमा भने संयुक्त रुपमा आठौंमा छन् । आर्सनलबाट खेल्दा हेनरी र भान निस्टलरोयले म्यानचेस्टर युनाइटेडका लागि समान ३५ गोल गरेका छन् । वायने रुनीले सम्भवन अब अर्को च्याम्पियन्स लिग खेल्नेछन् । तर पनि १३ वर्ष युनाइटेडमा बस्दा उनले ३० गोल गरेका छन्, जसले उनलाई सर्वा्धिक गोल गर्नेको सुचिमा शीर्ष १० मा पारेको छ । त्यो दौरान उनले एउटा च्याम्पियन्स लिग उपाधि पनि जितेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७