डोनाल्ड ट्रम्पकी छोरी टिफनीले गरिन् ह्वाइट हाउसमा ‘इन्गेजमेन्ट’


८ माघ २०७७, बिहीबार

काठमाडौं, ८ माघ । डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पले ह्वाइट हाउसमा इन्गेजमेन्ट गरेकी छिन् । आफ्ना राष्ट्रपति पिताको कार्यकालको अन्तिम दिनमा उनले इन्गेजमेन्ट गरेकी हुन् । उनले माइकल बुलोससँग आफ्नो इन्गेजमेन्टको फोटो ट्वीटर अकाउन्टमा पनि सेयर गरेकी छिन् ।

tiffiny trump1 3LtEmiGxVd

मंगलबार ट्वीटरमा फोटो सेयर गर्दै टिफनी ट्रम्पले लेखेकी छिन्, ‘ह्वाइट हाउसमा ऐतिहासिक अवसरको उत्सव मनाउन पाउनु र आफ्नो परिवारसँग बस्न पाउनु एक सम्मान हो, तर प्रेमी माइकलसँग गरेको इन्गेजमेन्ट भन्दा ती सबै सम्मानभन्दा विशेष छ । अब हामी हाम्रो जीवनको अर्को अध्यायका लागि खुशी छौं ।’

tiffiny trump3 ZX3nKN8i63

२७ वर्षकी टिफनी डोनाल्ड ट्रम्प र उनकी दोस्री श्रीमती मार्ला मेपल्सकी एक्ली सन्तान हुन् । रिपोर्टका अनुसार टिफनी जर्ज टाउन विश्वविद्यालयको कानून विद्यालयबाट स्नातक गरेकी छिन् । टिफनीका प्रेमी माइकल बुलोस २३ वर्षका छन् र उनी नाइजेरियाली उद्योगपतिका छोरा हुन् ।

t 1

स्मरण रहोस्, अमेरिकी राष्ट्रपतिको पदबाट हटिसकेपछि डोनल्ड ट्रम्प आफ्नी श्रीमती मेलानिया ट्रम्प र परिवारसमेत ह्वाइट हाउस छोडिसकेका छन् । ह्वाइट हाउस छोडेपछि ट्रम्पका लागि जोइन्ट बेस एन्ड्रूजमा विदाई समारोह आयोजना गरिएको थियो । त्यहाँ ट्रम्पले अन्तिम पटक सम्बोधन गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७