हिलिहाङ दरबारको भग्नावशेष (फोटो फिचर)


८ माघ २०७७, बिहीबार
Hilihang scaled

पाँचथर, ८ माघ । पाँचथरको हिलिहाङ गाउँपालिका–४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष । तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङले विसं १८४४ सम्म शासन गरेको दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ । यो स्थानमा पुरातत्व विभागले पुरातात्विक सम्पदाको रुपमा सूचीकृत गरेको छ ।

Hilihang 1

तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङले विसं १८४४ सम्म शासन गरेको दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ । यो स्थानमा पुरातत्व विभागले पुरातात्विक सम्पदाको रुपमा सूचीकृत गरेको छ ।

Hilihang 2
Hilihang 3

पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्र । यहाँ लगाइएको ढुङ्गाको पर्खाल करिब २७० वर्ष पुरानो रहेको स्थानीय जानकार बताउँछन् । दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ ।

Hilihang 4
Hilihang 5

पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबारको भग्नावशेषमा रहेका सयौं वर्ष पुरानो इँटा । स्थानीय जानकारका अनुसार विसं १८०० को आसपासमा तिब्बतबाट यी इँटा ल्याई दरबार निर्माण गरिएको विश्वास गरिन्छ । विसं १८४४ मा राजा हिलिहाङको निधनपछि दरबार क्षेत्र भग्नावशेषमा परिणत भएको हो । दरबार क्षेत्रलाई पुरातत्व विभागले पुरातात्विक सम्पदाको रुपमा सूचीकृत गरेको छ ।

Hilihang 6

हिलिहाङ दरबार क्षेत्र जाने प्रवेशद्वार निर्माणका लागि दक्षिण कोरियामा सङ्कलित रु तीन लाख ५० हजार रकम निर्माण कार्यका अगुवा सूर्य योङहाङलाई प्रवेशद्वार निर्माणस्थलमै हस्तान्तरण गर्दै योङहाङ कुलबंश प्रतिष्ठान पाँचथरका अध्यक्ष टेकराज योङहाङ । प्रवेशद्वार निर्माणका लागि स्थानीयवासीको सक्रियतामा रु १९ लाख रकम सङ्कलन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७