आज सूर्य ग्रहण, कुन राशिलाई कस्तो लाभ


४ फाल्गुन २०७४, शुक्रबार
sun eclips

काठमाडौं: आज शुक्रवार सूर्य ग्रहण लाग्दै छ । सूर्य ग्रहण खगोलिय प्रक्रिया हो । सूर्य, पृथ्वी र चन्द्रमा आआफ्नो कक्षमा परिक्रमा गरिरहेका हुन्छन् । सौर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ ।

sun eclips

यसै क्रममा पृथ्वी र सूर्यबिच चन्द्रमाको छायाँ पर्दा सूर्यग्रहण देखिन्छ । जब चन्द्रमा, पृथ्वी र सूर्यको बिचमा पर्छ तब, चन्द्रमाले सूर्यलाई छेक्छ । यही क्रममा चन्द्रमा सूर्य र पृथ्वीको बिचबाट गएका बेला सूर्य ग्रहण लाग्छ । यसबेला पृथ्वीका मानिसले आंशिक वा पूर्णरूपले सूर्यलाई देख्न सक्दैनन् । यस्तो प्रक्रिया सूर्यग्रहणमा विपरीत दिशामा रहेको सूर्यलाई आफ्नो मार्गबाट गइरहेको चन्द्रमाले छेक्ने हुनाले यो ग्रहण छोटो समयको लागि मात्र हुने गर्दछ ।

यसक्रममा चन्द्रमाले सूर्यलाई पूर्ण वा आंशिक रूपले छोपिदिन्छ । यो सूर्य ग्रहण औँसीको दिनमा मात्रै लाग्छ । आज लाग्ने सूर्य ग्रहण नेपाल बाट देखिने छैन । दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टि लगायतका देशमा मात्रै देखा पर्ने छ । सूर्य ग्रहण ४ प्रकारको हुन्छ ।

खग्रास ग्रहण
चन्द्रमाले सूर्यलाई पूर्ण रूपले छेक्ने ग्रहण पूर्ण सूर्य ग्रहण हो । यस्तो ग्रहण पृथ्वीको निकै सीमित भागबाट मात्रै देख्न सकिन्छ ।

कुण्डलाकार ग्रहण
यस्तो ग्रहणमा सूर्य र चन्द्रमा ठ्याक्कै एउटै लाइनमा रहेका बेला लाग्छ । सूर्यको भन्दा चन्द्रमाको आकार सानो भएकाले सूर्यको किनारमा उज्यालो हुन्छ भने बिच भाग चन्द्रमाले ढाकेको हुन्छ ।

मिश्रीत ग्रहण (खग्रास र कुण्डलाकार)
यस प्रकारको ग्रहणमा पृथ्वीका केही भागबाट सूर्य पूर्ण रूपले छोपिएको तथा केही भागबाट बिचमा मात्रै छोपिएको देखिन्छ ।

खण्डग्रास
यस्तो ग्रहण सूर्य र चन्द्रमा ठ्याक्कै एउटै लाइनमा नभएका बेला लाग्छ । यस्तो ग्रहणमा चन्द्रमाले सूर्यको केही भागलाई मात्रै छेक्छ ।

जोतिषशात्रीहरुका अनुसार सूर्य ग्रहण लाग्दा मानवमा नकारात्मक असर पर्ने देखाऊँ छ । सुर्यग्रहणले केही राशिको लागि भने लाभ हुने देखाउँछ । भने कहीँलाई हानी हुने बताउँछन् । जान्नुहोस् कुन राशिको व्यक्तिलाई सूर्य ग्रहण लाग्दा के हुन्छ ।

मेष राशि
सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरूका कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ । आयु वृद्धि हुनेछ , व्यवसायमा उत्तम लाभ हुने योग छ ।

बृष राशि
कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । १६ फेब्रुअरीपछि वृष राशिका व्यक्तिहरूलाई धन कमाउने धेरै अवसरहरू मिल्नेछ ।

मिथुन राशि
पारिवारिक विवादबाट टाढै रहनुहोला । विरोधीहरू शान्त रहनेछन् । व्यावसायिक लाभ सामान्य हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ । तथापि केही समस्याहरू आगामी दिनहरूमा आउन सक्छ ।

कर्कट राशि
कर्कट राशि भएकाहरुलाई १६ फेब्रुअरीपछि शुभ समाचार मिल्नेछ । भविष्यमा उन्नतिको अवसरहरू पाउनुहुनेछ । व्यवसायमा धन लाभ वृद्धि हुनेछ। साथीभाईहरुसँग भेटघाटको अवसर मिल्न सक्छ, जसको कारण नयाँ परियोजनाहरू अगाडी बढाउँने सम्भावना हुनेछ ।

सिंह राशि
सम्पत्तिसम्बन्धी रोकेका कामहरू पूरा हुनेछ । व्ययमा नियन्त्रण राख्नुहोला । स्वास्थ्य स्थिति सामान्य नै रहनेछ । कानुनी विवादमा संलग्न हुन् सक्छ । १६ फेब्रुअरी पछि कुनै प्रकारका दुर्घटना हुन् सक्छ, त्यसैले सावधान रहनुहोला ।

कन्या राशि
कन्या राशि हुनेहरुका लागि यो ग्रहणको समय अनुकूल रहनेछ । कार्य क्षेत्रमा विस्तार हुने सम्भावना छ । कहीँ रोकेका पैसा प्राप्त हुनेछ । घरको पारिवारिक वातावरण सुखमय रहनेछ । विदेशको यात्रा गर्न सक्ने योग छ।

तुला राशि
ग्रहण पछि तुला राशि व्यक्तिहरूको मन विचलित हुन् सक्छ । मानसिक तनाव बढ्न सक्छ। पैसाको मामलामा हानि नोक्सानी हुन् सक्छ। सावधान रहनुहोला।

बृश्चिक राशि
मन अशान्त रहनेछ। कानुनी झन्झटबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा सुधार हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ।

धनु राशि
तपाईँको दिन प्रतिकूल रहनेछ। अपरिचित व्यक्तिहरूबाट सतर्क रहनुहोला। व्यावसायिक निर्णयहरू ध्यानपूर्वक सोचेर लिनुहोला। घरमा शान्ति हुनेछ।

मकर राशि
कार्य क्षेत्रमा नयाँ पदभार मिल्न सक्छ। भू(सम्पत्तिबाट लाभका अवसरहरू उपलब्ध हुनेछ। व्यावसायिक लाभमा वृद्धि हुनेछ।

कुम्भ राशि
भोग विलासका साधनहरूमा खर्च बढी हुनेछ। नोकरीमा मन जानेछ। व्यवसायमा धन लाभ हुनेछ। धैर्य गर्नुहोला।

मीन राशि
उत्साहमा वृद्धि हुनेछ। काममा उन्नति गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७