मिक्लाजुङका शिक्षक हत्या आरोपमा विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ


८ माघ २०७७, बिहीबार
Dhan Bahadur BK Morang

मोरङ, ८ माघ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज डिबि सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् ।

उनलाई मोरङको बुढीगंगा गाउँपालिका–४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ । विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७