युवतीलाई बलात्कार गरी विद्यालयको छतबाट फाल्ने एक जना पक्राउ, अर्का एक फरार


८ माघ २०७७, बिहीबार
b65d246e671cd73fca2840bb62477c90 w1000 h500 cp

उदयपुर, ८ माघ । युवतीलाई जबजस्ती करणी गरेर विद्यालयको छतबाट फाल्ने एक व्यक्ति पक्राउ परेका छन् भने अर्का एक जना फरार छन् ।

उदयपुरको बेलका नगरपालिका–४ का गुणराज विष्टलाई प्रहरीले काठमाडौंको मनमैजुबाट पक्राउ गरी उदयपुर लगेको हो । घटनामा संलग्न अर्का व्यक्ति भने फरार छन् । २०७६ साउन १७ गते राति युवतीलाई उदयपुरको बेलका नगरपालिका ४ गुरुङ्गचौरी स्थित जनता माध्यमिक विद्यालयको परिसरमा जबरजस्ती करणी गरेको आरोप छ ।

नशालु पदार्थ सेवन गराएर जबरजस्ती करणी गरिसकेपछि घटना लुकाउन उनीहरुले युवतीलाई विद्यालयको छतबाट खसालेका थिए । छतबाट खसालेकी युवतीको कम्मरमुनिको भाग नचल्ने भएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७