भारतको कर्नाटकमा खानी नजिकै ट्रक बिष्फोट : थुप्रै जना मारिएको आशंका


९ माघ २०७७, शुक्रबार
ambulance p7O49RLsCG

काठमाडौं, ९ पुस । भारतको कर्नाटक शिवमोगा जिल्लामा एक खानी नजिकै ट्रकमा बिष्फोट भएको छ जसमा थुप्रै जना मारिएको आशंका छ ।

एक प्रहरी अधिकारी इमरान कुरैशीले बीबीसीसँगको कुराकानीमा उक्त ट्रकमा भारी मात्रामा जिलेटिनको डन्डी राखिएको जानकारी दिए । उनी भन्छन्, ‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कति जनाको मृत्यु भएको छ किनभने त्यहाँ असाध्यै अँध्यारो छ र बिस्फोटको दुर्गन्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ ।’

उनका अनुसार ट्रकमा भारी मात्रामा जिलेटिनको डण्डीका साथै मजदुर पनि सवार थिए । समाचार एजेन्सी पिटिआईका अनुसार दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

कर्नाटकको शिवमोगा जिल्लाको डिस्ट्रिक्ट डेप्युटी कमिश्नर केबी शिवकुमारले भने, ‘हामीले पूरा इलाकामा घेराबन्दी गरिदिएका छौं । हामी चाहन्नौं कि त्यहाँ अरु मानिसहरु पनि जाउन् किनभने अँध्यारो भएका कारण हामी दोस्रो दुर्घटना होस् भन्ने चाहन्नौं । त्यहाँ बिस्फोटक छ कि छैन भनेर हामीलाई थाहा पनि छैन । ’

उक्त बिष्फोट बिहिबार राती स्थानीय समयानुसार करिब साढे १० बजेतिर भएको हो । बिष्फोटको आवाज र त्यसको झट्का छिमेको चिकमंगलुरु जिल्लासम्म महसुस गरियो । सुरुवातमा यो रहस्यमयी आवाजलाई धेरैले भूकम्प ठान । धेरे मानिसहरु आ–आफ्नो घरबाट बाहिर पनि निस्किए । कतिको घरको झ्यालको सिसा पनि फुटेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७