सुत्केरीलाई कोरोना संक्रमितसँगै राखिएको भिडियो बाहिरिएपछि मंगोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा


९ माघ २०७७, शुक्रबार
b6523e6c2266bf4a0af3908dcda45a52 w1000 h500 cp

काठमाडौं, ९ पुस । मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उख्नाले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ । संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका छन् । कोरोना भाइरस आफ्नो देशमा भित्रिन नदिन मङ्गोलियाले गत बर्षदेखि नै नाकाबन्दी लगायतका उच्च सतर्कताका उपायहरू अपनाएको थियो । त्यहाँ गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि फेरि प्रतिवन्धात्मक व्यवस्थाहरूलाई थप कडा बनाइएको थियो ।

कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा सुत्केरी र नवजात शिशुसँग कोरोना भाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । विरोधसँगै आन्दोलन चर्किएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरूले माफी माग्दा पनि आन्दोलन रोकिएन । आन्दोलनकारीहरूले सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । सरकारी अधिकारीले गम्भीर कमी कमजोरी र लापर्वाही गरेको आन्दोलनकारीको आरोप छ ।

आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्यक्त गर्दै क्षमा याचना गरेका थिए । ‘प्रधानमन्त्री भएकाले यो घटनाको जिम्मेबारी म लिन्छ,’ उनले भनेका थिए, ‘दुर्भाग्यवस ती आमा र शिशुलाई व्यवस्थापनमा केही कमजोरी भएकै हो, त्यो दृष्य हृदयविधारक नै छ । त्यसमा सरकारको तर्फबाट गल्ती महसुस गर्दै क्षमा याचना गर्न चाहन्छौँ ।’

प्रधानमन्त्रीको विरुद्धमा बुधबार पाँच हजार युवा प्रदर्शनकारीहरूले राजधानीमा प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गरेको व्यानरमा प्रधानमन्त्रीको राजीनामा पनि मागिएको थियो । राष्ट्रिय विपद् आयोगको नेतृत्व गरेका उपप्रधानमन्त्री र विभागीय जिम्मेबारीमा रहेका स्वास्थ्यमन्त्रीले भने प्रत्यक्ष जिम्मेबारी भएकाले आन्दोलनकारीको दवावकै कारण यसअघिनै राजीनामा दिइसेका थिए ।

त्यसैगरी लापर्वाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जिम्मेबार व्यक्तिहरूले पनि राजीनामा दिएका छन् । झण्डै एक दशक लामो कम्युनिष्ट शासनपछि सङ्क्रमणमा फसेको मध्य एसियाली लोकतान्त्रीक मुलुक मंगोलियामा नयाँ संविधान जारी भएपछि पनि राजनीतिक स्थायीत्व हुन सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७