दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?


९ माघ २०७७, शुक्रबार
6578

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ ।

तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका केन्द्र र वडातहसम्म आन्दोलन गर्दा पनि पार्टीका बैठकमा जस्तै संसद् विघटनको मुद्दामा नेताहरू आन्दोलन र निर्वाचन भन्नेमा विभाजित मानसिकताबाट अघि बढेको देखिएको छ । यसबीचमा भएका विरोध सभामा पार्टीका संस्थापन पक्ष र इतर पक्षबीच दुई थरी मत देखिएको हो ।

पार्टीको संस्थापन पक्षका नेताहरू आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्ने भन्ने मानसिकतामा रहेको देखिन्छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्दोलनबाट जनतामा उत्साह आएको र पार्टीको सन्देश केन्द्र हुँदै स्थानीय तह र वडा वडासम्म पु¥याउन सफल भएको बताए ।

‘आन्दोलनबाट एउटा ऊर्जा आएको छ । पार्टीको सन्देश केन्द्रबाट प्रदेश हुँदै स्थानीय तह र गाउँगाउँसम्म पुगेको छ । यो जनतामा जाने अभियान पनि हो,’ सहमहामन्त्री महतले भने । उनले पार्टीले नेता कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा आगामी केन्द्रीय समिति बैठकमा जारी आन्दोलनको समीक्षा गर्ने र थप आवश्यक रणनीति बनाउने बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७