निकुञ्जका दुई गैंडा मरे


९ माघ २०७७, शुक्रबार
rhinoo
फाइल फोटो

चितवन, ९ पुस । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैंडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक वर्ष छ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको हो । सो बच्चाको शरीरमा कुनै घाउचोट नभएकाले चिसोका कारण मरेको अनुमान गरिएको उनले जानकारी दिए । चिकित्सकले मृत्युको कारण खोजी गरिरहेको निकुञ्जले जनाएको छ । गत महिना नवलपरासी क्षेत्रमा यस्तै ढङ्गबाट तीन महिनाको गैंडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

यस्तै बिहीबार दिउँसो निकुञ्जको बेलशहरघाट क्षेत्रमा एउटा गैंडा मृतावस्थामा फेला परेको छ । तीस वर्षको भाले गैंडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

साउनयता निकुञ्जमा यससँगै २२ गैंडा मरेका छन् । तीमध्ये चार चोरी शिकारीले मारेको निकुञ्जले जनाएको छ । शिकारी सक्रिय भएपछि पछिल्लो समय निकुञ्जमा गस्ती बढाइएको छ । गत वर्ष २६ गैँडा प्राकृतिक कारणले मरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७