महान्यायाधिवक्ता खरेलले इजलासमा पेस गरे प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रको सूचना


९ माघ २०७७, शुक्रबार
rit

काठमाडौं, ९ पुस । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन भएको सूचना प्रकाशित राजपत्र बुझाएका छन् ।

संवैधानिक इजलासमा बिहीबारको बहसमा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित छ कि छैन ?’ भन्दै प्रश्न उठाएका थिए ।

वरिष्ठ अधिवक्ता भट्टराईले बहस थाल्नुअघि नै बहस सुनेर बसेका महान्यायाधिवक्ता खरेल इजलासमा सहन्यायाधिवक्तालाई राखेर बाहिरिएका थिए । तर, भट्टराईले प्रश्न उठाएको राजपत्र भने आज खरेलले संवैधानिक इजलासमा बुझाएका हुन् ।

इजलासले राजपत्र पेश गर्न दिएको आदेश बमोजिम महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबारको इजलास शुरु हुनासाथ राजपत्र पेश गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । राजपत्रमा सोही दिन सो सम्बन्धी सूचना प्रकाशित भएको थियो । तर संवैधानिक इजलासमा यसबारेमा प्रश्न उठेपछि शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रको प्रति नै पेश गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७