प्रधानन्यायाधीशले भने, ‘हामीलाई एकदम हतार छ, बहस छिट्टो टुङ्ग्याउनुहोस्’


९ माघ २०७७, शुक्रबार
Cholendra Shamsher

काठमाडौं, ९ पुस । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्नेहरू अधिवक्ताहरुलाई संवैधानिक इजलासले कम समय दिन थालेको छ । १३ रिट निवेदन भएको र ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेपछि अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले बहस समय छोट्याउन भनेको हो ।

आज (शुक्रबार) को बहसमा प्रधानन्यायधीश जबराले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् । कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी उभिएपछि प्रधानन्यायाधीशले १० मिनेटमा बहस सिध्याउन भने । अधिकारीले आफूलाई १५ मिनेट दिन आग्रह गरे ।

त्यसपछि प्रधानन्यायाधीश जबराले भने, ‘हामीले पटक–पटक भनिरहेका छौं । अवस्था यस्तै छ । तपाईंहरू झण्डै तीन सय जना हुनुहुन्छ ।’ त्यसपछि अधिकारीले आफू नाम मात्रै लेखाउन नआएको जवाफ दिए । अधिकारीको जवाफ सुनेपछि समयको ख्याल गर्न रिट निवेदकहरू नै अगाडि बढ्नुपर्ने आशय व्यक्त गरे । उनले भने, ‘पछि दुई महिना लिन्छौं भने पनि दिन्छौं ।’
प्रधानन्यायाधीशले आफूहरूलाई हतार भएको बताए । उनले भने, ‘हामीलाई एकदम हतार छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७