ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा : अध्यक्ष प्रचण्ड


९ माघ २०७७, शुक्रबार
prachand

काठमाडौं ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताएका छन् ।

नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताएका हुन् ।

‘तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्,’ उनले भने, ‘सम्झाइ, बुझाइ, फकाइ गरें, कतिपय उनका कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन यो सभामा म आत्मआलोचना गर्न चाहन्छु ।’

वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै दाहालले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताए ।
ओली समूहमा लागेका पूर्व माओवादी भगौडा हुन्
अध्यक्ष प्रचण्डले केपी ओलीको पक्षमा लागेका पूर्वमाओवादी नेताहरुलाई भगौडाको आरोप लगाएका छन् । प्रचण्डले भने, ‘केही पूर्व माओवादी जो ओलीको पक्षमा लागेका छन् । उनीहरुले ओलीका साइबर सेनाभन्दा पनि बढी खरानी घसेको देख्दा लाज लाग्छ । उनीहरु भगौडा हुन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७