तस्बिरमा प्रचण्ड-माधवको शक्ति प्रदर्शन


प्रकाशित मिति : January 22, 2021
फाइल फोटो

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट २०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको असबैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनमा उत्रिएको नेकपाले शुक्रबार काठमाडौंमा शक्ति प्रर्दशन गरेको हो ।

विरोध प्रर्दशन उपत्यकाका विभिन्न ठाउँहरु माइतीघर, डिल्लिबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रर्दशनी मार्ग, त्रिचन्द्र कलेज, सहिदगेट, भोटाहिटी लगायतका स्थानबाट सुरु भएको थियो । बिभिन्न स्थानहरुबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत भएको थियो । उक्त मुल जुलुस रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धरा हुदैं भृकुटीमण्डपको सभामा परिणत भएको थियो ।

सभा पर्यटन बोर्ड अघिको सडकमा भएको थियो । प्रर्दशनपछि भृकुटीमण्डप सडक, रत्नपार्कदेखि भद्रकाली, भृकुटीमण्डपको मैदान, भृकुटीमण्डप पार्क पुरै सहभागीले भरिएको थियो ।
हेर्नुहोस् फोटो फिचर :-

प्रतिक्रिया दिनुहोस्