महिला लिगको खेल तालिका चार दिन पर सर्‍यो, मंगलबारसम्मका खेल स्थगित


१० माघ २०७७, शनिबार
anfaa DjrS29N8tu K4RfBHLgz2

काठमाडौं, १० माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिग फुटबल अन्तर्गत आजदेखि मंगलबारसम्मका खेल स्थगित गरेको छ ।

चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जानकारी दिएको छ । चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ ।

तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने भनिएको थियो । यस्तै अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका रहेको थियो । तर आजका लागि तय गरिएका दुवै खेल स्थगित भएका एन्फाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७