थप २३२ जनामा कोरोना संक्रमण, ३८६ जना निको, आठ जनाको मृत्यु


१० माघ २०७७, शनिबार
korona

काठमाडौं, १० माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ४५२ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ३ हजार ५४१ जनाको पिसिआर परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३८ हजार ८४२ पुगेको छ ।
शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ । हाल १४७ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ३८६ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर हाल १७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १४७ जना आइसियु र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश–१ मा २ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा ५५ आइसियु र १७ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २१ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सूदुरपश्चिम प्रदेशमा १ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७