२०७७ माघ ११ गते आइतबारको तपाईको राशिफल


११ माघ २०७७, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज घरायसी समस्या बढ्ने छ । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले दिएको वचन फर्न सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज बौद्धिक काममा सफलता मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि पनि मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । मानसिक चिन्ता पनि बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिवारजनको साथले नयाँ आशा जगाउने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । आफन्तले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वादिष्ट भोजन पाईनेछ । नयाँ कार्यको योजना बन्ने छ । बित्तीय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज पुरानो र आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । सन्तान सुख पनि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७