युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ


११ माघ २०७७, आईतवार
pakrau
फाइल फोटो

रामेछाप, ११ माघ । एक युवतीले जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका–१० का वडाध्यक्ष भरत बोहोरा पक्राउ परेका छन् ।

सोही ठाउँकी एक युवतीले आफूलाई वडाध्यक्ष बोहोराले जबरजस्ती करणी गरेको भन्दै भक्तपुरको ठिमी प्रहरीमा उजुरी दिएकी थिइन् ।

शनिबार मन्थलीको चनखुबाट उनलाई पक्राउ गरेर ठिमी प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७