पुटिनको विरोध र नाभेल्नीको समर्थनमा रूसमा विशाल प्रदर्शन, तीन हजार बढी हिरासतमा


११ माघ २०७७, आईतवार
russia1 HFC5rdhocC

काठमाडौं, ११ माघ । कारागारमा बन्द विपक्षी नेता एलेक्सी नाभेल्नीको समर्थनमा पूरा रुसभरी शुरु भएको विरोध प्रदर्शनका क्रममा रुसी प्रहरीले तीन हजारभन्दा बढी मानिसलाई हिरासतमा लिएको छ ।

१० हजारभन्दा बढी मानिसहरुले भारी सुरक्षा बल तैनाथ हुँदा पनि यी प्रदर्शनमा भाग लिएका छन् । पछिल्ला केही वर्षमा राष्ट्रपति पुटिनविरुद्ध भएका प्रदर्शनमध्ये यो विरोध प्रदर्शन सबैभन्दा ठूलो बताइएको छ । मस्कोमा रोयर्ट प्रहरीले प्रदर्शनकारीलाई कुटिरहेको र घिसारिरहेको देखिएको छ । राष्ट्रपति पुटिनका आलोचक नाभेल्नीले आइतबार आफ्नो गिरफ्तारीपछि प्रदर्शनको आह्वान गरेका थिए ।

श्रीमती युलिया पनि हिरासतमा

प्रहरीले पूर्वी खाबारोवस्क इलाकामा भएको विरोध प्रदर्शनमाथि कडाई शुरु गरिदिएका छन् । साथै मानिसहरुलाई घरमा नै बस्न सख्त चेतावनी दिएका छन् । नाभेल्नीका थुप्रै निकट सहयोगीलाई शनिबारको प्रदर्शन अघि नै हिरासतमा लिइयो । यसमा उनकी श्रीमती युलिया, एक प्रवक्ता र उनका वकिल पनि संलग्न छन् ।

yulia navalnaya Sd5puZS4xh

नाभेल्नी रुसका नेता भ्लादिमीर पुटिनका सबैभन्दा हाई–प्रोफाइल आलोचक हुन् । उनलाई जेलमा हालिएपछि उनका समर्थक सोसद मिडियामा ओर्लिएका थिए र विरोध प्रदर्शनको आह्वाना गर्न थालिएको थियो । रुसका करिब ६० शहरमा विरोध प्रदर्शन भएको अनुमान गरिएको छ ।

नाभेल्नीलाई आइतबार पक्राउ गरिएको थियो । उनी बर्लिनबाट फर्किएर मस्को आइरहेका थिए र त्यसपछि उनलाई पक्राउ गरियो । नाभेल्नी अघिल्लो वर्षको अगस्टमा रुसमा भएको घातक नर्व एजेन्ट हमलापछि बर्लिनबाट मस्को फर्किएका थिए ।

russia 5vm9Wpcnw9

मस्को पुग्ने बित्तिकै उनलाई हिरासतमा लिइयो र उनलाई शर्त उल्लंघन गरेको भन्दै दोषी ठहर गर्दै हिरासतमा लिइएको थियो । नाभेल्नीका अनुसार यो मुद्दा उनलाई चुप गराउनका लागि रचिएको हो र उनले आफ्ना समर्थकलाई विरोध प्रदर्शन गर्न आह्वान गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७