पेरिसडाँडामा नेकपा स्थायी कमिटी बैठक बस्दै


११ माघ २०७७, आईतवार
nekapa parchanda2021 01 16 06 23 37

काठमााडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (आइतबार) स्थायी कमिटी बैठक बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको नेकपा (प्रचण्ड–माधव) पक्षले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे १२ बजे बैठक बस्ने जानकारी दिएका छन् । शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्थालगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७