ओली कीर्ते र उट्पट्याङका महाराजा : खगेन्द्र संग्रौला


११ माघ २०७७, आईतवार
sa

काठमाडौं, ११ माघ । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘असफल प्रधानमन्त्री’ को संज्ञा दिएका छन् ।

दुई पटक गरी चार वर्षभन्दा बढी प्रधानमन्त्री भएर पनि ओलीले देश विकासका लागि केही काम गर्न नसकेको लेखक संग्रौलाले आरोप लगाएका छन् । ओलीले झलनाथ खनाल र डा. बाबुराम भट्टराईको सरकार असफल पार्न अनेक जालसाजी गरेको पनि संग्रौलाले आरोप लगाएका छन् ।
उनले ओलीलाई ‘कीर्तेप्रसाद’ भन्दै उनी उट्पट्याङको महाराजा भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै संग्रौलाले ओलीलाई उट्पट्याङका महाराजा भनेका हुन् ।

संग्रौलाले ओली टेष्टेड र पूर्ण रुपमा असफल भएको दावी गर्दै लेखेका छन् – ओली सरकार सञ्चालन, विकास र नीतिगत सुधारमा पूर्ण असफल भइसकेका छन् । उनले नेताहरु, पार्टी र जनताबाट पूर्ण समर्थन पाउँदा पाउँदै पनि जाल्झेल, छलकपट, कीर्ते र उट्पट्याङ गर्दागर्दै देश विकास गर्नुपर्ने कुरा बिर्सिए ।

यस्तो छ संग्रौलाको स्टाटस

शक्तिशाली प्रधानमन्त्रीका रुपमा दुई कार्यकाल गरेर ओलीले चार वर्षभन्दा धेरै समय बिताइसकेका छन् । झलनाथ प्रधानमन्त्री हुँदा खेदो खनेर काम गर्न नदिने, डा. बाबुरामको सरकारलाई एउटा बजेट पनि ल्याउन नदिने ओलीको अराजक प्रवृत्ति आजको नयाँ पुस्ताले बुझ्न जरुरी छ ।

अहिले सबै पुराना टेष्टेड भइसके भनेर हल्ला गर्ने ओली गुटहरुले यो बुझुन् कि कम्तिमा पनि पछिल्लो २० वर्षको नेपालको प्रधानमन्त्रीको इतिहासमा सबैभन्दा लामो र अनुकूल समय प्रधानमन्त्री हुने व्यक्ति कीर्तेप्रसाद ओली हुन् ।

ओली सरकार सञ्चालन, विकास र नीतिगत सुधारमा पूर्ण असफल भइसकेका छन् । उनले नेताहरु, पार्टी र जनताबाट पूर्ण समर्थन पाउँदा पाउँदै पनि जालझेल, छलकपट, कीर्ते र उट्पट्याङ गर्दागर्दै देश विकास गर्नुपर्ने कुरा बिर्सिए । थुतुनोले चाहिँ ‘समृद्ध नेपाल’ भन्न छाडेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७