मुख्यमन्त्री राई र मोडल जाङ्मु बाँधिए वैवाहिक बन्धनमा


११ माघ २०७७, आईतवार
Sherdhan Rai bibah1 768x512 1

काठमाडौं, ११ माघ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पा विवाह बन्धनमा बाँधिएका छन् ।

मुख्यमन्त्री राईलाई करिब पाँच दशकको उमेरमा बेहुला बन्ने अवसर जुरेको हो । राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज (आइतबार) लगनगाँठो कसेका हुन् । काठमाडौंको एक पार्टी प्यालेसमा मोडल शेर्पासँग विवाह गरेका मुख्यमन्त्री राई र शेर्पा दुबै आ–आफ्ना परम्परागत पहिरनमा सजिएका थिए ।

Sherdhan Rai bibah

राईले आइतबारै साँझ दिने रिसेप्सनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतका व्यक्तिहरुलाई निम्तो पठाइएको उनी निकट स्रोतले जानकारी दिएको छ । सानो संख्यामा जन्तीसहित पुगेका राईलाई शेर्पा परम्परामा स्वागत गरिएको थियो । उनीहरुबीच प्रेम विवाह भएको हो ।

Sherdhan Rai bibah2 512x768 1

२०७४ सालमा सम्पन्न निर्वाचनपछि प्रदेश–१ को नेतृत्व सम्हालेका राईसँग विवाह बन्धनमा बाँधिएकी शेर्पाले भने केही म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । उनी सामाजिक काममा पनि सक्रिय छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७