२०७७ माघ १२ गते सोमबारको तपाईको राशिफल


१२ माघ २०७७, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथीको सेवा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मानसिक चिन्ता बढ्ने र मनमा दुविधा उत्पन्न हुनसक्छ । मालसामान पनि हराउन सक्छ, तर अनुसन्धानात्मक कार्यमा मन जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । खोजमूलक कार्यमा मन पनि जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जोश, जाँगर र हिम्मत बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आकस्मिक धन लाभ हुनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभकार्यको चर्चा चल्ने छ । वित्तीय संस्थाबाट सहयोग पनि पाइएला । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आज धर्म, कर्ममा रुची बढ्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वादिष्ट भोजन पाईनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । रोकिएको धन हात पर्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
श्रमको उचित मुल्याङ्कन हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७