पानीजहाज कार्यालयको काम : मस्यौदा र अध्ययनमै बित्यो एक वर्ष


१२ माघ २०७७, सोमबार
panijahaj ofic 1

काठमाडौं, १२ माघ । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज कार्यालयले एक वर्षको अवधिमा कानुनको मस्र्यौदा तयार पार्ने र अध्ययन गर्ने काम मात्र गरेको हो ।

कार्यालयले वित्तीय प्रगति समेत राम्रो देखाउन सकेको छैन । आर्थिक वर्ष २०७६–७७ मा पानीजहाज कार्यालयको कुल विनियोजित रकम ७ करोड ६३ लाख २६ हजार रहेकामा १ करोड ७८ लाख मात्र खर्च गरेको छ ।

सो रकमको २३ प्रतिशत वित्तीय प्रगति रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पानीजहाज कार्यालयले वर्षभरिका मुख्य उपलब्धिका रुपमा कानुनको मस्यौदा तयार गर्ने, अध्ययन गर्नेलाई लिएको छ ।

मन्त्रालयको वार्षिक प्रगति विवरण अनुसार कार्यालयले मुख्य उपलब्धिका रुपमा नेपाली पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी ऐन २०७६ को मस्यौदा तयार भई स्वीकृतिको क्रममा रहेको र कर्णली, नारायणी, कालीगण्डकी र कोसीमा जलमार्गको विस्तृृत सम्भाव्यता अध्ययनका लागि आवश्यक कार्य अघि बढाइएको उल्लेख गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७