भारतबाट खोप खरिद प्रक्रिया अझै टुंगिएन


१२ माघ २०७७, सोमबार
corona khop

काठमाडौं, १२ माघ । भारतबाट कोभिड विरुद्धका १० लाख डोज खोप अनुदानमा आएपनि खोप खरिद प्रक्रिया अझै टुंगिएको छैन् ।

सरकारले भारतबाट एक करोड डोज खोप खरिद गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस. जयशंकरलाई पठाएको पत्रअनुसार नेपालले ६० लाख नागरिकलाई पुग्ने गरि एक करोड २० लाख डोज खोप भारतबाट ल्याउने छ । भारतबाट थप १० लाख डोज खोप अनुदानमा प्राप्त हुने अपेक्षा नेपालको छ ।

भारतको सेरम इन्स्टीच्युट अफ इन्डियाले उत्पादन गरेको खोप खरिदका लागि नेपालले पहल थालेकोे छ । चीन, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र रुससँग भने अनुदानमा खोप मागेको छ । स्वास्थ्य सेवा विभागले खरिदको अन्तिम निर्णय लिने गरि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासलाई भारत सरकार र सेरम इन्डियासँग समन्वय गर्न निर्देशन दिएको छ ।

दुताबास स्रोतका अनुसार चार सय भारतीय रुपियाँ प्रतिडोजका दरले नेपाललाई औषधी विक्री गर्न सिरम इन्डिया तयार भएको छ । नेपाल आपूर्तिका लागि ढुवानीमा सहजीकरण गरिदिने भारत सरकारको प्रतिबद्धता आएको छ । सेरम इन्डियाका प्रतिनिधि र नेपाली दूताबासका अधिकारीहरूबीच दिल्लीमा पटकपटक खोप खरिदबारे छलफल भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७