पूर्व लडाकुलाई सम्मान गर्ने सरकारको निर्णयप्रति डा. भट्टराईको कटाक्ष : ‘पोहोर मरिन् सासु, अहिले आयो आँशु’


१२ माघ २०७७, सोमबार
baburam bhattarai

काठमाडौं, १२ माघ । पूर्व माओवादी लडाकुलाई ‘लोकतन्त्र योद्धा’ का रूपमा सम्मान गर्ने सरकारको निर्णयप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सबै जनआन्दोलन तथा जनयुद्धका शहीद तथा प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ ।

सरकारको यो निर्णयप्रति पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ‘पोहोर मरिन् सासु, ऐले आयो आँशु’ भन्दै कटाक्ष गरेका हुन् । मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएकाहरूलाई सम्मान गर्न भन्दै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति बनाएको छ ।

b 4

खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समितले सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहिद भएकाका परिवार, बेपत्ता पारिएकाका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित, घाइते, विस्थापित, अपांगता भएकाहरूकाको विवरण संकलन गर्नेछ ।

समितिले उनीहरूलाई लोकतन्त्रको योद्धाका रूपमा सम्मान र परिचयपत्र वितरण गर्न अभिलेख संकलन गरी मापदण्डसहित प्रतिवेदन तयार पारेर सिफारिस गर्ने काम गर्नेछ । यसअघि सरकारले जनयुद्धका घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७