रहेनन् ‘यो दाजुको मिर्मिरे आँखा’ का गायक धनबहादुर गायक


१२ माघ २०७७, सोमबार
RK Pokhara 7291 scaled

पोखरा, १२ माघ । कलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको आज (सोेमबार) बिहान उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो । उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुललगायतका गीतहरु चर्चित छन् । पोखराको बाटुलेचौर निवासी गायक संगीत शिक्षक पनि रहेका थिए ।

सारंगीको संरक्षणका लागि गायकले गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर संगीत सिक्न चाहनेलाई निःशुल्क संगीत सिकाउने कार्य गर्दै आएका थिए । उनकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७