गोर्खाज फाइनान्सले सुरु गर्यो ‘डिम्याट सेवा’


१२ माघ २०७७, सोमबार
gurkhaj

काठमाडौं, १२ माघ । गोर्खाज फाइनान्स लिमिटेडले डिम्याट एकान्ट सेवा उपलब्ध गराउने भएको छ । डिम्याट सेवा उपलब्ध गराउनको लागि फाइनान्स र सिडिएसईबीच एक कार्यक्रम बीच सम्झौता भएको हो । गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाल बहादुर थिङ र सिडिएसईको सिईओ पूर्ण प्रसाद आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेको हाे ।

सम्झौता अनुसार सिडिएसईबाट डिम्याट एकान्ट खोल्ने लाइसेन्स गोर्खाज फाइनान्सले प्राप्त गरेको छ । बैंकले यो सुविधा आफनो सम्पुर्ण शाखाबाट उपलब्ध गराउने फाइनान्सकी बजार व्यवस्थापन प्रमुख सुनिता राईले जानकारी दिईन ।

फाइनान्सले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ ।

फाइनान्सले निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ ।

फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्यका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७