नागरिक समाजको आन्दोलनमा प्रहरीको दमन {भिडियो}


१२ माघ २०७७, सोमबार
Nagarik aguwa

काठमाडौं, १२ माघ । नागरिक समाजले गरेको बालुवाटार मार्च प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने क्रममा प्रहरीले भाटभटेनी अगाडि पुग्दा हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा केहि प्रदर्शनकारी घाइते भएका हो ।

प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले प्रहरीबिरुद्ध नै नारा लगाएका थिए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिनुभएको छ । घाइतेको पहिचान गरि उपचार सुरु गरिएको उनले बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन भइरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन शुरु भएको बताएका हुन् ।

‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना बर्बर दमन गरियो’, वाग्लेले भने, ‘अब तेस्रो जनआन्दोलन शुरु भयो ।’ उनले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताएका छन् । ‘आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्नेछौं, सरकारको लालच हामीलाई चाहिँदैन ।’

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखकलगायतका अभियन्ताहरुको आज (सोमबार) को प्रदर्शनमा प्रहरीले दमन गरेको हो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७