प्रदेश नम्बर १ मा आइएमई भरोसा कोशको रकम वितरण


१२ माघ २०७७, सोमबार
Photo

काठमाडौं, १२ माघ । आइएमई ‘भरोसा कोश’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीहरूलाई रकम वितरण गरिएको छ।


आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा एक कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशी बराबरको चेक हस्तान्तरण गरे।

सो कार्यक्रममा लाभग्राहीहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यहरू लगायत ग्रुपको प्रदेश नम्बर १ मा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिदैँ आएको छ। प्रदेश नम्बर १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कुल चार जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशी हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरसका कारण विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरेर आइएमइले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले भरोसा कोशको स्थापना गरेको बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७