नागरिक आन्दोलनमा भएको दमनको प्रचण्ड–नेपाल पक्षद्वारा भर्त्सना, भन्यो, ‘संघर्षको आवश्यकता झन बढ्यो’


१३ माघ २०७७, मंगलवार
Narayan wagle.jpg .2021 01 26

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले संसद् विघटनविरुद्ध बृहत् नागरिक समाजले गरेको बालुवाटार मार्चको क्रममा भएको दमनको भर्त्सना गरेको छ । पार्टी प्रवक्ता तथा आन्दोलनका लागि गठित केन्द्रिउ संघर्ष समितिका संयोजक नाराणणकाजी श्रेष्ठले सोमबार अबेर विज्ञप्ति जारी गर्दै नागरिक समाजले शुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

pranebi

‘लोकतन्त्रको स्थापना र संविधानको निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविष्मरणीय छ । नागरिक समाजका तिनै अगुवाहरू आज संविधान र लोकतन्त्रको रक्षाका निम्ति संघर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदाङ्गो भएको छ,’ प्रवक्ता श्रेष्ठको विज्ञप्तिमा छ, ‘यसबाट संघर्षको आवश्यकता र औचित्य झन बढेर गएको स्पष्ट छ ।

तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गर्न, प्रतिगामी षड्यन्त्रलाई पूर्ण रूपमा असफल पार्न र संविधान एवं लोकतन्त्रलाई रक्षा गर्न सम्पूर्ण राजनीतिक पार्टीहरू, नागरिक समाज र आमजनसमुदायलाई एकताबद्ध भएर संघर्षलाई अझ सशक्त रूपमा अगाडि बढाउन अपिल गर्दछ ।’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रहरी दमनबाट घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७