भारतमा ७२ औं गणतन्त्र दिवसकै दिन किसानको ट्याक्टर र्‍याली, प्रहरीसँगको झडपमा एक किसानको मृत्यु

दिल्लीमा इन्टरनेट बन्द


१३ माघ २०७७, मंगलवार
Delhi Jhadap 1

नयाँदिल्ली, १३ माघ । भारतमा ७२ औं गणतन्त्र दिवसकै दिन लामो समयदेखि आन्दोलन गर्दै आएका किसानले ट्याक्टर र्‍याली निकालेका छन् ।

नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच आज (मंगलबार) गणतन्त्र दिवसकै दिन झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक किसानको मृत्यु भएको छ ।

मृतक उत्तराखण्डको बाजपुरका नवनीत सिंह रहेका छन् । प्रहरीसँगको झडपको क्रममा उनको मृत्यु भएको हो । यस्तै अन्य चार जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । आन्दोलनका क्रममा किसानले सडकमा राखिएको डिभाइडर तोड्ने कोशिस गरिरहेका छन् ।

1e850533e9185911cfaf593fc489fd75 w1000 h500 cp 1

प्रहरीले आन्दोलनकारीलाई रोक्न निरन्तर अश्रुग्याँसको गोली हानिरहेको छ । टाढा–टाढासम्म पनि लगातार अश्रुग्याँसको गोलीको आवाज सुनिएको छ । प्रहरीले दिल्लीका विभिन्न सडक बन्द गरेको छ । प्रदर्शन र आन्दोलन बढेसँगै त्यस क्षेत्रको इन्टरनेट बन्द गरिएको बीबीसीले जनाएको छ ।

यसबीचमा किसानको ट्याक्टर र्‍यालीलाई रोक्न प्रहरीले विभिन्न स्थानमा सडकमै बसहरु राखेका थिए । तर किसानहरुले त्यस्ता बसहरुलाई ठक्कर दिएर सडकबाट हटाएका छन् । शान्तिपूर्ण प्रदर्शन भनिएपनि प्रहरी धरपकडका कारण केही क्षेत्रमा अवस्था बिग्रिएको बताइएको छ ।

प्रहरीले किसानलाई हटाउन अश्रु ग्याँस प्रहार गर्नुको साथै लाठी चार्ज समेत गरेका छन् । भारत सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा त्यहाँ जारी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म् २० भन्दाबढी पुगेको छ ।

नयाँ कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ । कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७