२०७७ माघ १४ गते बुधबारको तपाईको राशिफल


१४ माघ २०७७, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महिला मित्रबाट विशेष सहयोग मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । बैदेशिक र न्यायिक कार्यमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शत्रु पराजित पनि हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ । वैदेशिक कार्यहरूमा सफलता मिल्ने छ । धार्मिक कार्यमा रुची बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शेयर बजारमा समेत सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कार्यक्षेत्रमा प्रगति हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । समाज सेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । लाभदायक यात्राको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्ने छ । बित्तीय संस्थाबाट सहयोग पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता समेत बढ्ने छ, तर आफन्तले सहयोग गर्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । घर, जग्गाको कारोबारमा सफलता पनि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा शंका उत्पन्न हुनेछ । पारिवारिक उल्झनमा परी काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ काम वा रोजगार पाईनेछ । जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । अचल सम्पती हात पर्ने योग छ । पारिवारिक सुख समेत मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७