आर्थिक संकटसँग जुध्न मुद्रा कोष गुहार्दै सरकार


१४ माघ २०७७, बुधबार
Corona imapct on economy 0gaf5huDos scaled

काठमाडौं, १४ माघ । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहायता लिने भएको छ । कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी) अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको हो ।

‘हामीले सरकारका सबैजसो सरोकारवाला निकाय र आईएमएफका प्रतिनिधिबीच धेरै चरणमा वार्ता गरिसकेका छौं’, अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने । नेपालका अनुसार अबको एक महिनाभित्र त्यस्तो सहायताको सबै पूर्व तयारी सक्ने योजनामा काम भइरहेको छ ।

विश्व बैंक समूहअन्तर्गतको यो संस्थाले अन्तरसरकारी भुक्तानीलाई व्यवस्थित गर्ने र मुलुकहरूको वित्तीय सुरक्षा मजबुत बनाउन सहयोग गर्दै आएको छ । आईएमएफले भुक्तानी सन्तुलनमा गम्भीर समस्या आएका बेला गरिब मुलुकलाई ऋण सहायता उपलब्ध गराउने गरेको छ ।

अहिले नेपालको भुक्तानी सन्तुलन ठीकठाक भए पनि कोरोना महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न पुँजी, प्रविधि र सीपको खाँचो परेको भन्दै सरकारले सहायता लिने प्रक्रिया थालेको हो । यो अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७