संसदमा बहुमत गुमाएपछि इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा


१४ माघ २०७७, बुधबार
050d495792bfc8e9e910703adf326d1a w1000 h500 cp

काठमाडौं, १४ माघ । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति सर्जियो मातारेलालाई भेटेर उनले सरकार प्रमुखबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख छ । ‘गणतन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजिनामा स्वीकृत गर्नु भएको छ’, राष्ट्रपतिको कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि इटलीका पूर्व प्रधानमन्त्री मेट्टेओ रेन्जीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । संसदमा बहुमत पुष्टि गर्न नसक्ने देखेपछि प्रत्रानमन्त्री कोन्टेले राजीनामा दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीको राजीनामासँगै राष्ट्रपति मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्नेछन् । वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७