कोरोना खोप लगाउने भन्छन्, ‘खोपले केही असर गर्दैन, ढुक्क भएर लगाउनुस्’


१४ माघ २०७७, बुधबार
Corona Vaccine starts

काठमाडौं, १४ माघ । नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज खोप अभियान आज (बुधबार) बाट लगाउन शुरु गरिएको छ । खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शुरु गरेका हुन् । कोरोनाविरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् ।

2021 01 27 mafmdg

यस्तै डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना विरुद्धको खोपप्रति सर्वसाधारणमा विभिन्न आशंका भएकाले आफूले पहिलो खोप लगाएको निर्देशक राजभण्डारीले बताए ।

कोरोना खोपले आफूलाई केही असर नगरेकाले ढुक्क भएर लगाउन उनले सबैलाई आग्रह गरेका छन् । त्यसैगरी डा. रमेश कोइरालाले पनि कोभिड खोपको पहिलो डोज बिना कुनै शंका, बिना कुनै डर लगाइयो भन्दै ट्वीटरमा तस्विर सार्वजनिक गरेका छन् ।

140935202 1056444571543071 2754836226862053278 n

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाएपछि खोप अभियान शुरु भएको हो । अहिले विभिन्न खोप केन्द्रमा खोप लगाउने अभियान शुरु भइसकेको छ ।

सरकारले पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई खोप दिने सरकारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७